सेञ्चुरी बैंकद्वारा भक्तपुरका दुई विद्यालयलाई कम्प्यूटर र स्कुल ब्याग वितरण

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले भक्तपुर सूर्यविनायक नगपालिकामा रहेको दुईवटा विद्यालयलाई कम्प्यूटर र झोला वितरण गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त नगरपालिकामा रहेको बाल विनायक आधारभूत विद्यालय र श्री बाल चेतन आधारभूत विद्यालयलाई कम्प्यूटर र स्कुल ब्याग वितरण गरेका हुन् । 

बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले बाल विनायक विद्यालयका प्रधानाध्यापक बाबु काजी श्रेष्ठलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेका हुन् । 

उक्त कार्यक्रममा बैंकका मार्केटिङ्ग म्यानेजर सुबास शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्ण सिल्वाल र हालका अध्यक्ष सुबास कार्कीसहित अन्य पदआधिकारीहरुको उपस्थिति 
त्यस्तै अर्को विद्यालय श्री बाल चेतन विद्यालयका प्रधानाध्यापक रामशरण खड्कालाई बैंकका प्रमुख बजार अधिकृत खड्काले ३५ थान स्कुल ब्यागसमेत हस्तान्तरण गरेका छन् । 

बैंकले आफ्नो विभिन्न शाखा कार्यलयहरुबाट शिक्षा क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?