सरस्वतीविरुद्धको खेलमा आर्मीको सहज जीत

काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल विभागिय टिम त्रिभुवन आर्मी क्लबले सहज जीत हात पारेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रवार सम्पन्न भएको पहिलो खेलमा आर्मी क्लबले सरस्वती क्लबलाई ४-० गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेल शुरु भएको ६ मिनेट पनि बित्न नपाउँदै आर्मी क्लबका लागि नवयुग श्रेष्ठले गोाल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

उनले दिपक गुरुङले दिएको पासलाई सदुपयोग गर्दै गोल गरे । ३० औँ मिनेटमा कप्तान भरत खवासले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए । 

त्यस्तै ३८ औँ मिनेटमा सुमन लामा रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि सरस्वती क्लब १० खेलाडीमा सिमित भएको थियो । एक पक्षिय रहेको खेलको ६२ औँ मिनेटमा आर्मीका कप्तान खवासले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे ।

८० औँ मिनेटमा सरस्वतीका खेलाडीले ओलुसोला इब्राहिमले आत्मघाती गोल गरे । जितपछि आर्मी क्लबले ११ खेलबाट २१ अंक जोड्दै लिगको चौथो स्थानमा छ । १० अंक बनाएको सरस्वती क्लब भने १० औँ स्थानमा छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?