जन्मोत्सवको अवसरमा उद्योगपति दुगडको आत्मकथा विमोचन

काठमाडौं । के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगडको सचित्र आत्मकथा ''The Renaissance Man” नामक पुस्तक आज शुक्रवार विमोचन गरिएको छ । 

अध्यक्ष दुगडको ७५ औं जन्मोत्सवमा सो पुस्तक विमोचन गरिएको हो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उक्त पुस्तक विमोचन गरेका हुन् । 

उक्त पुस्तकमा दुगडलाई जस्तो सुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तीको रुपमा चित्रण गरिएको छ ।

दुगड सानै उमेर देखि  पढाइकोसाथ साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागेका छन् । 

नेपाल कृषि प्रधान देश भएकाले नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु खोलि विस्तार ग-यो भने देश विकासमा सहयोग पु-याउन सकिन्छ भन्ने उनको धारण छ ।

कृषि क्षेत्रसंग सम्बन्धित खाद्यान्नका उद्योगहरु जस्तै आंटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योगहरु पनि स्थापना गर्दै आएका दुगडले पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा लगानी गरेका छन् । अध्यक्ष दुगडको निरन्तर लगाव, र सकारात्मक सोचका कारण उनी आम जनमानसमा लोकप्रिय छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?