काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईलाई २ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदैं २ सय ४८ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७७ रनको अर्धशतकीय ईनिङ खेले । दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । आरिफ शेखले ४३ रन बनाए भने गुलसन झाले ३७ रन बनाए । भिम सार्कीले २९ रन बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया