काठमाडौं । नेपालले युएईमाथि शानदार जित हात पारेको छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले युएईलाई १ सय ७७ रनले पराजित गरेको हो ।
यस खेलमा विजयी भएसँगै नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राखेको छ ।
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनाउन सक्यो ।
विश्वकप लिग टूको शीर्ष ३ मा रहने सम्भावना सकिएको युएईको एकदिवसीय अन्तराष्ट्रिय मान्यता समेत जोखिममा परेको छ ।
सात देश सम्मिलित विश्वकप लिग टूमा नेपालले ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहारेको छ । नेपाल ३६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया