काठमाडौं । यसवर्षको ९५ औं ओस्कार अवार्डमा मनोनयनमा परेको डकुमेन्ट्री फिल्म द एलिफन्ट व्हिस्पर्सले छोटो फिल्मको विधामा जित हात पारेको छ । यो फिल्मले ओस्कार अवार्ड जितेको छ । चलचित्रका निर्माता गुनीत मोंगा हुन् ।
द एलिफन्ट व्हिस्पर्सको कथा दुई हात्ती र तिनका हेरचाह गर्नेमा आधारित छ। यो चलचित्रमा प्रकृतिसँग जोडिएको कुराहरु देखाइएको छ । फिल्मको सम्पूर्ण कथा हात्ती र त्यसको मालिकबीचको प्रेममा आधारित छ । यो एक बन्धन हो जसले सबैलाई प्रभावित गरेको छ।
प्रियंका चोपडाले गरिन् तारिफ
प्रियंका चोपडाले पनि यस फिल्मको तारिफ गरेकी छिन् । प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राममा स्टोरी सेयर गरेकी छिन्, जसमा उनले उक्त फिल्मको पोस्टर सेयर गरेकी छिन् । उनले लेखेका छन्, ‘भावनाले भरिएको हृदय छुने डकुमेन्ट्री, भर्खरै हेरेको छु, धेरै मन पर्यो । यस अद्भुत कथालाई जीवन्त बनाउनु भएकोमा कार्ती गोन्साल्विस र गुनीत मोंगालाई धेरै धेरै धन्यवाद।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया