काठमाडौं । नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध कीर्तिमानी जित हात पारेको छ । टियु क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई ९ विकेटले पराजित गरेको हो ।
पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३३ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए ।
नेपालले पहिलो पटक एकदिवसीय अन्तराष्ट्रियमा पहिलो पटक ९ विकेटको जित हात पारेको हो ।
जितसँगै नेपाल ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहीबार खेल्नेछ ।
यदि नेपालले यूएईसँग बिहीबार हुने खेलमा जित हात पारे नेपालले सिधा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया