काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धलाई लिएर ठूलो दाबी गरेका छन् । उनले आफू सत्तामा भएको भए यो युद्ध एक दिनमै टुङ्ग्याउने बताएका छन् । ट्रम्पले यसका लागि आफूले सम्झौता गर्ने बताएका छन् ।
युक्रेनको केही भाग रुसले आफ्नो कब्जामा लिएको थियो । ट्रम्पले भने यदि म अमेरिकाको राष्ट्रपति भएको भए भ्लादिमिर पुटिनले कहिल्यै युक्रेनमा आक्रमण गर्ने थिएनन्। उनले बाराक ओबामा र अहिले जो बाइडेनको कार्यकालमा रुसले युक्रेनमाथि कब्जा गरेको उदाहरण पनि दिएका छन् ।
ट्रम्पले भनेका छन् -‘यी मान्छेको पालामा रुसले एक एक गरेर युक्रेन लिए तर म राष्ट्रपति हुँदा युक्रेनको के लिए ? केहि छैन । यो पहिलो पटक भयो। यो लामो समय पछि भएको हो। म राष्ट्रपति भएको भए यो युद्ध एक दिनभन्दा बढी चल्ने थिएन । म दुई देशबीच सम्झौता गर्थे। म कुराकानी गर्न सक्थे। तर अहिले के भइरहेको छ ? अहिले रुसले पूरै युक्रेनलाई टुक्राटुक्रा पारेको छ ।’
अमेरिकामा अर्को वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ । ट्रम्पले यस चुनावमा फेरि आफ्नो दाबी राखेका छन्। उनीबाहेक वर्तमान राष्ट्रपति जो बाइडेनले पनि चुनाव लड्ने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया