प्रदेश १ लाई वातावरण मैत्री प्रदेश बनाउछु : मुख्यमन्त्री राई

मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई वातावरण मैत्री प्रदेश निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । 

शुक्रवार विराटनगरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको वातावरण विकास र मानव अधिकारी विषयक गोष्ठीमा मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । 

वातावरण संरक्षण अहिलेको प्रमुख चुनौती भएको बताउँदै मुख्यमन्त्री राईले भने, ‘समग्र विकास र समृद्धिका लागि हरेक नीति, नियम, योजना, कार्यक्रम, बजेटमा वातावरण संरक्षणलाई प्राथमिकताका साथ राख्नुपर्छ ।’

‘प्रदेश १ सरकारले नीति तथा कार्यक्रममा समेत वातावरण संरक्षणलाई प्रमुखताका साथ राखेको छ’ उनले भने । 

त्यस्तै वातावरण संरक्षणको अभियानमा प्रदेश १ सरकारले मुलुकमा नेतृत्वदायी भस्मिका निर्वाह गर्ने बताउँदै उनले भने, ‘प्रदेश १ मा रहेको सर्वोच्च सिखर सगरमाथा लगायतका हिम सृङखला, ठूला नदी, खोला, पहाड र तराईको सौन्दर्यता जोगाइ राख्न वातावरण संरक्षण आवश्यक छ ।,’ 

‘हिमालदेखि तराईसम्मको प्राकृतिक सौन्दर्यतामा पर्यटक आकर्षित गर्ने प्रदेश सरकारको लक्ष्य वातावरण संरक्षण बिना अपुरो रहन्छ’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?