काठमाडौं । फिलिपिन्समा शनिवार बिहान ६.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
दक्षिणी फिलिपिन्सको पोन्डागुइटन नजिकै केन्द्रबिन्दु भएर स्थानीय समयअनुसार शनिवार बिहान ११ः३९ बजे ६.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै अमेरिकाको प्यासिफिक सुनामी वार्निङ सेन्टरले सतर्क रहन आग्रह गरेको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएको बताए । तर, भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारेको विवरण आइनसकेको सीएनएनले जनाएको छ ।
भूकम्पीय जोखिममा रहेका देशहरु मध्ये फिलिपिन्स अग्रपंक्तिमा पर्छ ।
फिलिपिन्समा सन् २०१७ को जुलाईमा ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया