काठमाडौंको गोकर्णेश्वरमा रहेको धागो उद्योगमा आगलागी, २ करोड बराबरको क्षति

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको एक धागो उद्योगमा आगलागी भएको छ । 

भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका –४, को उत्तरबाहिनी चोकमा सञ्चानल गरेको भगवती धागो उद्योगमा शनिवार बिहान ४ः१५ बजे आगलागी भएको हो । 

आगलागीबाट २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागी विद्युत सर्टका कारण भएको महानगरीय प्रहरी प्रभाग काठमाडौंले जनाएको छ । 

आगलागीबाट मेसिन, जेनेरेटर गायत अल्लो, उनजस्ता कच्चा पदार्थ जलेर नष्ट भएका छन् ।  

सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मध्यपुर थिमि नगरपालिका र जूद्व वारुणलगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?