काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले एटिएम को उद्घाटन गरेको छ । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।
साथै बैंकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १० स्थित आफ्नो रामबजार शाखाबाट एटिएम सेवा शुरु गरी स्थानिय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्याउन पहल गरेको छ ।
उक्त एटिएमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष श्री तोरण बहादुर बानियाँले गरेका छन् । साथै उक्त कार्यक्रममा बैंकका सञ्चालक श्री रामचन्द्र सिग्देल, पुर्व अध्यक्ष श्री सुशिल राज पराजुली, पुर्व सञ्चालक श्री बिल बहादुर गुरुङ, बैकका शेयरधनीहरु, स्थानिय व्यवसायी एवं भद्र–भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया