एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा वापत १० लाख बीमा रकम भुक्तानी

लोकपथ
70
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी श्रेष्ठलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू ३ करोड, दुर्घटना बीमा वापत १ करोड ३० लाख र मेडिकल बीमा वापत ३ करोड ६७ लाख गरी कुल ७ करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?