विश्वकप २०३० आयोजना : स्पेन, पोर्चुगल र मोरक्कोकाे संयुक्त दाबी

लोकपथ
63
Shares

काठमाडौं । सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि स्पेन र पोर्चुगलसँगै सहआयोजकमा अफ्रिकी राष्ट्र मोरक्को पनि थपिएको छ । स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि गत वर्ष नै संयुक्त दाबीको घोषणा गरेका थिए । अब सहआयोजकमा मोरक्को पनि थपिएको छ ।

मोरक्को फुटबलले विश्वकप आयोजकमा स्पेन र पोर्चुगलसँग सामेल भएको जनाएको छ । अब विश्वकप आयोजनाका लागि स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त दाबी गर्ने छन् । यस अघि स्पेन र पोर्चुगलसँग युक्रेन सहआयोजकको रुपमा रहने बताईएको थियो । तर, रुससँगको युद्दको कारण युक्रेन भूमिका स्पष्ट नरहेको बताईएको छ ।

सन् २०३० को विश्वकप आयोजना गर्नको लागि अर्जेन्टिनासहित ४ दक्षिण अमेरिकी राष्ट्रले पनि संयुक्त दाबी पेश गरिसकेको छ । विश्वकप आयोजनाका लागि अर्जेन्टिनासँगै चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेश गरेको हो । फिफाले यस विश्वकप आयोजनाको घोषणा २०२४ मा गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?