काठमाडाैं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी पाकिस्तानी सरकारलाई निकै अफ्ट्यारो बनेको छ । मंगलबार साँझ पाकिस्तानी प्रहरीले इमरान खानलाई पक्राउ गर्न खोज्दा इमरानका समर्थक र प्रहरीबीच झडप भएको थियो । यद्यपि प्रहरीले इमरान खानलाई पक्राउ गर्न सकेको भने छैन ।
बुधबार बिहान ६ बजेदेखि इमरानका समर्थक र प्रहरीबीच फेरि झडप शुरु भएको छ । प्रहरीले इमरानका समर्थकमाथि अश्रुग्यास प्रहार गरिरहेको छ । यसै क्रममा इमरानका समर्थकले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् ।
झडपमा धेरै घाइते :
इमरान खानको लाहोरस्थित घरलाई ठूलो संख्यामा प्रहरीले घेरा हालेको छ । इमरान खानविरुद्ध तोशाखाना मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ र धेरै प्रयास गर्दा पनि इस्लामाबाद पुलिसले इमरानलाई पक्राउ गर्न सकेको छैन। यही कारणले अहिले पाकिस्तानी प्रहरीले बल प्रयोग गरिरहेको छ । प्रहरी र इमरानका समर्थकबीच जारी झडपमा दुवै पक्षका धेरै मानिस घाइते भएको खबर बाहिरिएको छ ।
Residence of Chairman PTI @ImranKhanPTI is under attack 🚨 #زمان_پارک_پُہنچو pic.twitter.com/GqeBNv4QWc
— PTI (@PTIofficial) March 15, 2023
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया