काठमाडौं । रुस–युक्रेन युद्धको बीचमा मङ्गलबार ब्ल्याक सीमा भएको घटनाक्रमले सारा विश्वको ध्यान खिचेको छ ।
अन्तर्राष्ट्रिय क्षेत्रमा रुसी सुखोई-२७ विमान अमेरिकाको रिपर ड्रोनसँग ठोक्किएको खबर बाहिरिएको छ । तर, यस घटनालाई लिएर अमेरिका र रुस दुवैले फरक–फरक अभिव्यक्ति दिएका छन् । यस विषयमा दुवै देशले कूटनीतिक तहमा विरोध जनाएका छन् ।
अमेरिकाका अनुसार घटना के हाे त ?
अमेरिकी वायुसेनाका अधिकृत जनरल जेम्स हेकरले भने, हाम्रो विमान नियमित उडानमा थियो। यसै क्रममा रुसी जेट जानाजान अमेरिकी ड्रोनको अगाडि आयो र ठक्करपछि ब्ल्याक सीमा खसेको थियो । मानवरहित ड्रोन पूर्ण रूपमा क्षतिग्रस्त भएको अधिकारीले बताए । ब्ल्याक सी वास्तवमा त्यो क्षेत्र हो जसको सिमाना रूस र युक्रेनसँग छ । युक्रेनलाई लिएर यस क्षेत्रमा लामो समयदेखि तनाव छ।
रूसले घटनाक्रमलाई कसरी वर्णन गर्यो ?
अर्कोतर्फ रुसको रक्षा मन्त्रालयले अमेरिकी ड्रोन आफ्नो सिमाना नजिकै उडिरहेको र यसै क्रममा अन्तर्राष्ट्रिय सिमानाबाहिर रहेको क्षेत्रमा पुगेको बताएको छ । यसपछि रुसी वायुसेनाले आफ्नो लडाकु विमानलाई अगाडि बढायो। रुसका अनुसार,रुसले आफ्नो लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएन तर ड्रोन ब्ल्याक सीमा खसेको स्पष्ट पारेको छ । रुसले आफ्नो लडाकु विमानले कुनै हतियार प्रयोग नगरेको दाबी गरेको छ ।
दुई देशबीच कूटनीतिक तहमा के भयो ?
अमेरिकी सैन्य ड्रोन खसेको घटनामा अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भने कि – ‘हामीले कडा आपत्ति व्यक्त गर्न रुसी राजदूत अनातोली एन्टोनोभलाई बोलाएका छौं।’ रुसका लागि अमेरिकी राजदूत लिन ट्रेसीले पनि रुसी विदेश मन्त्रालयलाई कडा सन्देश दिएको बताए । उनले यस विषयमा रुससँग वरिष्ठ नेताको तहमा कुरा गरिरहेको बताए । यो असुरक्षित र अव्यवसायिक घटना थियो।
अर्कोतर्फ रुसी राजदूत एन्टोनोभले यस घटनालाई लिएर सावधानी अपनाउनुपर्ने बताएका छन् । उनले अमेरिकाले अझै पनि क्रिमियालाई रुसको हिस्सा नमानेको तर रुसलाई उक्साउन आफ्नो ड्रोन प्रयोग गर्नु अनावश्यक रहेको बताए । उनले भने कि ‘हामी क्रिमियालाई रुसको हिस्सा मान्छौं। यस्तो अवस्थामा अमेरिकाको आफ्नै समस्या छ । तर हामी त्यस्ता उत्तेजक घटनाको कडा विरोध गर्दछौं।’
यस्ता घटना यसअघि पनि भएका छन् ?
रुसी विमानले ब्ल्याक सी क्षेत्रमा अमेरिकी विमानको यति नजिक उडेको यो पहिलो पटक भने होइन। सन् २०२० मा नै रुसी लडाकु विमानले ब्ल्याक सीमाथि अमेरिकाको बी–५२ बमवर्षकको बाटो अवरुद्ध गर्ने प्रयास गरेको थियो । त्यसपछि दुई विमानहरू ठोक्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया