एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जीत हात पारेको छ ।
शनिवार राति सम्पन्न भएको २० औँ चरणको खेलमा उपाधि दौडमा रहेको लिभरपुलले लिगको पाँचौ स्थानमा रहेको आर्सनललाई ५-१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ११ मिनेट पनि बित्न नपाउँदै आर्सनलका लागि मेटल्याण्ड निल्सले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
१४ औँ मिनेटमा लिभरपुलका लागि रोबेर्टो फिर्मिनोले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । त्यस्तै १६ औँ मिनेटमा फिर्मिनोले दोस्रो गोल गरे । एक पक्षिय रहेको खेलको ३२ औँ मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई ३-१ को स्तिथीमा पु-याए ।
पहिलो हाफ सकिनै लाग्दा लिभरपुलका लागि मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गरे । खेलको पहिलो हाफसम्म ४-१ गोलको अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप एक गोल थप्यो । खेलको ६५ औ मिनेटमा फिर्मिनोले ह्याट्रिक पुरा गरे ।
निर्धारित समयसम्म आर्सनलले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेर्हो-यो । जितपछि लिभरपुलले उपाधि होड बलियो बनाउनुका साथै ९ अंकको अग्रता समेत लिएको छ । अपराजित लिभरपुलले २० खेलबाट ५४ अंक बनाएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको टोट्नह्यामको ४५ अंक छ ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा टोट्नह्याम उल्भससँग ३-१ गोल अन्तरले पराजित भएको छ ।
पराजित भएपछि टोट्नह्यामको उपाधि होडमा भने धक्का लागेको छ । उल्भ्सको जीतमा बोली, जेमीनेज र हेल्डर कोस्टाले समान एक-एक गोल गरेका थिए । यता टोट्नह्यामको लागि भने खेलको २२ औँ मिनेटमा ह्यारी केनले एक मात्र गोल फर्काएका थिए । जितपछि उल्भस २९ अंकका साथ लिगको सातौं स्थानमा छ ।
शनिवार राति नै भएको खेलमा फुलह्यामले हडर्सफिल्डलाई एक-शुन्य गोल अन्तरले तथा कार्डिफ सिटीले लिचेस्टरलाई शुन्यका विरुद्ध एक गोल अन्तरले तथा ब्राइटनले इभर्टनलाई एक-शुन्य गोल अन्तरले हरायो ।
यता वाटफोर्ड र न्युक्यासलबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया