युएईको तेस्रो विकेट पतन

लोकपथ
336
Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको हो ।  युएईले २३ ओभरमा ३ विकेट गुमाएर ११८ रन जोडेको छ ।

यसअघि ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन भने सन्दीपले दोस्रो सफलतता दिलाएका थिए।

२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।

लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ ।

आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै साझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहन्छ । यदी आजको खेलमा परजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?