काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले चौंथो सफलता हात पारेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईविरुद्ध नेपालले चौंथो सफलता हात पारेको हो । नेपालका लागि दिपेन्द्रले चौंथो विकेट लिएका हुन् । युएईले ४ विकेट गुमाएर १२८ रन जोडेको छ ।
यसअघि ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन भने सन्दीपले दोस्रो सफलता दिलाएका थिए। त्यस्तै भिमले तेस्रो सफलता दिलाएका हुन् ।
२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।
लिग टू अन्तर्गत नेपालले अहिले सम्म ३५ खेलबाट ३८ अंक बनाएको छ ।
आजको खेल जितेर नेपाल शीर्ष ३ मा रहँदै साझै विश्वकप छनोटमा स्थान सुरक्षित गर्न चाहन्छ । यदी आजको खेलमा परजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया