मूल्यवृद्धि : सुनमा २५ सय, चाँदीमा २५ रुपैयाँ

काठमाडौं । एक महिनामा सुनको भाउ २५ सय रुपैयाँले बढेको छ भने चाँदीको भाउमा २५ रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार एक महिनाअघि ५७ हजार २ सय रुपैयाँ मा कारोबार भइरहेको सुन आज ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, एक महिनाअघि ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?