युनिभर्सल पावर कम्पनीले खुलायो आइपीओ

काठमाडौं । तल्लो खारेखोला जलविद्युत आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीले साधारण सेयरका लागि आजबाट आवेदन खुला गरेको छ । आवेदन यही पुष १५ देखि २९ गतेसम्म  खुला गरिने छ ।

११ मेगाावट क्षमता भएको उक्त जलविद्युत आयोजनाले प्रभाव पारेको क्षेत्रका स्थानीयहरुका निमित्त साधारण सेयर (आईपीओ) को आवेदन खुला गरिएको हो ।

जस अन्तर्गत दोलखा जिल्लाको गौरीशंकर, कालिन्चोक र बिगु गाउँपालिकाकका स्थानीयका लागि २१ लाख ३ सय ५० कित्ताको ‘आईपीओ’ बिक्री खुला गरिएको कम्पनीले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?