काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाएर छाड्ने बताएका छन् ।
गत मंसिर २९ गतेदेखि पुस १३ गतेसम्म बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले ‘अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता’लाई बोलाएर भए पनि निर्मलाका हत्यारा पत्ता लगाएरै छाड्ने बताएका हुन् ।
नेकपाका नेता योगेश भट्टराई भने, ‘बैठकमा प्रधानमन्त्री जीले निर्मला हत्या प्रकरणबारे गम्भीरताका साथ कुरा उठाउनु भएको थियो र आवश्यक प¥यो भने अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता बोलाएर भए पनि छानविन गराउँछु भन्नुभएको छ ।’
निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
उनको हत्यारा पत्ता लगाउन नेपाल प्रहरी असक्षम ठहरिए गर्दै मानव अकिारकर्मीहरुले काठमाडौं उपत्यका लगायत देशभर निर्मलाका लागि न्याय भन्दै आन्दोलन गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया