अपि पावर कम्पनी लिमिटेडले आ.व २०७५-०७६ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले यस त्रैमासमा रु.३ करोड ४ लाख खुद मुनाफा आर्जन गरेको छ ।
यो मुनाफा अघिल्लो आ.व.को यही त्रैमासको तुलनामा ३ प्रतिशतले वृद्धि भएको जनाएको छ । यस अनुसार कम्पनी अघिल्लो आ.व को सोही त्रैमासको तुलनामा विद्युत बिक्री बाट ४७ प्रतिशत बढी आम्दानी अर्जन गर्न सफल भएको हो ।
अत्तरिया बलाँच १३२ के.भि. ट्रान्समिसन लाईन संचालनमा आएपछि विद्युत बिक्रीबाट आम्दानी बढेको कम्पनीले जनाएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी रु.१०.७२ र नेटवर्थ प्रति शेयर रु.१०८.० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया