काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले स्विडेनका योहान कालिनलाई राष्ट्रिय फुटबल टिमको जिम्मेवारी दिने तयारी गरेको बताइएको छ ।
‘एन्फा’ले ४२ वर्षीय स्विडिस प्रशिक्षक कालिनलाई २ वर्षका लागि मुख्य प्रशिक्षक बनाउने प्रक्रिया अघि बढाएको बताइएको हो ।
‘एन्फा’का अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार विदेशी प्रशिक्षकको रुपमा कालिनलाई नियुक्ति प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् । यसअघि नेपाली राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकमा जापानका ग्योतोकु कोजी थिए।
उनी नेपालमा ‘ओभर स्टे’ गरेको भन्दै एक वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको थियो । कोजीमाथि प्रतिबन्ध लागेसँगै बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका थिए । कालिन नेपालमा प्रशिक्षक बन्न लागेको यो पहिलो पटक हो।
यसअघि उनले विं.स २०७० सालमा ‘ए’ डिभिजन क्लब मच्छिन्द्र क्लबको प्रशिक्षण सम्हालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया