‘ए’ डिभिजन लिगको १२ औँ चरणका खेल सोमवारदेखि शुरु

काठमाडौं । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२ औँ चरणका खेल सोमवारदेखि शुरु हुने भएको छ । 

११ औँ चरणको खेलपछि दुई दिनको विश्राम गरेर १२ औँ चरणका खेल सोमवारदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ले जनाएको छ । सोमवर र मङ्गलवर तीन÷तीन खेल हुने र बुधवर एक खेल हुनेछ ।

सोमवरको पहिलो खेलमा न्यूरोड टिम ‘एनआरटी’ले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने दोसो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग खेल्नेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछन् ।

सोमवार नै हुने तेस्रो खेलमा जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको समान गर्नेछ । उक्त खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुनेछ । 

एघारौँ चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब लिग विजेता बनिसकेको छ । उसले दुई खेल अगावै उपाधिमाथि कब्जा जमाएको हो । लिगमा शततिशत नतिजासहित ३३ अङ्क जोडेको मनाङलले ११औँ चरणको खेलमा सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै आठौँ पटक लिग च्याम्पियन बन्यो । 

उपाधिसँगै मनाङले  ५० लाख पक्का गरेको छ । मनाङले यसअघि सात पटक उपाधि जितिसकेको छ । लिगमा अब दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । सङ्कटा क्लब २५ अङ्कसाथ दोस्रो स्थानमा छ भने थ्रिस्टार क्लब २३ अङ्कसाथ तेस्रो स्थानमा छ ।

त्रिभुवन आर्मी २१ अङ्कका साथ चौथो र १८ अङ्कका साथ नेपाल पुलिस क्लब पाँचौँ स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?