टाटा मोटर्सले बजारमा ल्यायो ‘विंगर मिनीबस’, के छन् विशेषता ?

काठमाडौं । नेपालको बढ्दो ट्राभल एण्ड टुरलाई मध्यनजर गर्दै सिप्रदी ट्रेडिङले आफ्नो नयाँ उत्पादन ‘विंगर बस’ सार्वजनिक गरेको छ । 

मिनीबसको न्यूनतम मूल्य ३० लाख ८० हजारबाट शुरु छ । सिप्रदीले काठमाडौं, इटहरी र बुटवल गरी तीनवटा बजारमा मिनीबस सार्वजनिक गरिसकेको छ ।

फराकिलो, स्टाइलिस्ट र सुरक्षाको हिसाबले विश्वसनीय जस्ता विशेषताका कारण नै यसलाई उपभोक्ताहरुले रुचाउने कुरामा कम्पनी ढुक्क छ । सार्वजनिक गर्नुअघि यसलाई नेपालको पूर्वदेखि पश्चिम र हिमाली क्षेत्रमा समेत परिक्षण गरिसकेको कम्पनीको दाबी छ ।

सिप्रदी भारतको सबैभन्दा ठूलो व्यापारिक सवारीसाधन निर्माता टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?