ट्रम्प पक्राउ परे भारी मतका साथ राष्ट्रपतिमा पुन: निर्वाचित हुन्छन् : एलन मस्क

लोकपथ
112
Shares

काठमाडौं । टेस्लाका मालिक एवम ट्विटरका सीईओ एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परे भारी मतका साथ राष्ट्रपतिमा पुन: निर्वाचित हुन सक्ने दाबी गरेका छन्।

ट्रम्पको गिरफ्तारीका समाचारको जवाफ दिँदै मस्कले ट्वीट गरेका छन्- यदि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परे भने, भारी मतका साथ पुन: निर्वाचित हुनेछन्।’ मस्कले फक्स न्यूजको रिपोर्टमा प्रतिक्रिया दिएका छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले शनिबार आफ्नो सामाजिक सञ्जालमा आफूलाई छिट्टै पक्राउ गर्न सक्ने दाबी गरेका छन् ।

ट्रम्पले म्यानहट्टन जिल्ला वकिलको कार्यालयले ल्याएको मुद्दामा आफू मङ्गलबार गिरफ्तार हुने अपेक्षा गरिएको बताएका छन् । उनले आफ्ना समर्थकहरूलाई आफ्नो गिरफ्तारीको विरोध गर्न पनि आह्वान गरेका सञ्चार माध्यम सीएनएनले जनाएको छ ।

ट्रम्प र उनका पूर्व शीर्ष सहयोगी होप हिक्सले पोर्न स्टार स्टोर्मी डेनियललाई राष्ट्रपतिको चुनावी अभियानमा उनको मुख बन्द राख्नको लागि ठूलो रकम तिर्न प्रत्यक्ष रूपमा संलग्न थिए।

यसपछि ट्रम्पका पूर्व वकिल माइकल कोहेनले गत वर्ष अगस्टमा आफ्नो अपराध स्वीकार गर्दै ट्रम्पको आदेशमा स्टर्मीलाई पैसा दिएको बताएका थिए । तर त्यसमा ट्रम्पको प्रत्यक्ष भूमिका थियो वा थिएन भन्ने स्पष्ट भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?