राष्ट्र बैंकको नयाँ निर्देशन, बीमा कम्पनीमा जति वर्षलार्ई पैसा राखेपनि ब्याजदर नबढ्ने

काठमाडौं । राष्ट्र बैंकको निर्देशन अनुसार अब कुनैपनि संस्थागत निक्षेपकर्ताले जतिसुकै वर्षका लागि पैसा राखे पनि ब्याज दर प्रकाशितभन्दा बढीमा एक प्रतिशत बिन्दु माथिसम्म पाउनेछन्। 

बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायत ठूला आर्थिक निकायले ब्याजदर निर्धारणमा मनमानी गर्ने भएकाले राष्ट्र बैंकले यो कदम चालेको हो । यसो गर्नाले ब्याजदरमा स्थायित्त्व कायम हुने बैंकका पदाधिकारीले बताए ।

बैंकहरुको सहमतिमा वार्षिक ब्याज दर साढे ८ प्रतिशतमा झारे पनि पाँच वर्ष पछाडि निक्षेपको ब्याज साढे १३ प्रतिशतको दरले नै चलिरहेको छ । यसो हुँदा बैंक र बीमा कम्पनी मिलेर पाँच वर्ष एक दिनका लागि पैसा राखेर ब्याज दरमा मनोमानी गरेको पाइएपछि राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?