बुटवल । प्रदेश ५ का १३ जना सांसदले प्रदेशसभाबाट घरभाडावापत मासिक १५ हजार लिने गरेका छन् ।
प्रदेश ५ को मुकाम बुटवलमै घर भएर पनि १३ सांसदहरुले प्रदेशसभाबाट घरभाडाबापत मासिक १५ हजार बुझ्दै आएका हुन् ।
प्रदेश ५ मा ८७ सांसद छन् भने रुपन्देहीमै घर भएका १७ सांसद छन् ।
सदरमुकाम बुटवलबाट टाढा घर भएका चार सांसद भने डेरामा बसेका छन् ।
कपिलवस्तु, नवलपरासी पश्चिम, पाल्पासम्मका ३० सांसद घरबाटै आउजाउ गर्ने गरेका छन् ।
तर, सबै सांसदले मासिक १५ हजार घरभाडा बुझ्दै आएका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री र मन्त्रीबाहेकका ८१ सांसदले संसद्बाट सुविधा लिने गरेको जानाकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया