काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तिय संस्थाको शेयर बुधवारदेखि लिलामीमा बिक्री खुला हुने भएको छ । कम्पनीले यसअघि बिक्री खुला गर्दा नबिकेको शेयर सर्वसाधारणले किन्न पाउने गरी लिलामीमा ल्याउन लागेको हो ।
लगानीकर्ताले १ सय रुपैयाँलाई आधार मानेर बोल कबोलमा भाग लिनुपर्नेछ । यसको लागि आवेदन दिने अन्तिम म्याद पुस २५ गतेसम्म हो । आइतवार यसको शेयर प्रतिकित्ता ६ सय ५२ रुपैयाँमा कारोबार भएको थियो ।
नयाँ नेपालले मंसिर १३ गतेदेखि २० गतेसम्म सर्वसाधारण समुहको १७ हजार २६० कित्ता र संस्थापक समुहको ८६ हजार ९३ कित्ता शेयर लिलामीमा ल्याएको थियो । जसमा सर्वसाधारण समुहको सबै सेयर बिक्री भएको थियो भने संस्थापकतर्फको ४७ हजार ७ सय ७३ कित्तामा आवेदन परेको थिएन ।
यसको बिक्रि प्रबन्धक एनएमबी क्यापिटल हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नयाँ नेपालले २१ लख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया