काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको एकदिवसीय क्रिकेट र टी-ट्वान्टी सिरिजको लागि नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ ।
तीन खेलको लागि सोमवार पहिलो चरणमा २० खेलाडी छनोट गरिएको बताइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आएसीसी’का प्रतिनिधी इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितीले प्रारम्भिक टोलीको छनोट गरेको हो ।
प्रारम्भिक टोलीलाई क्लोज क्याम्पमा राखेको केही दिनपछि अन्तिम नामावली सार्वजनिक गर्ने बताइएको छ । क्लोज क्याम्प यहि जनवरी ८ तारिखबाट शुरु गरिनेछ ।
प्रारम्भिक टोलीमा कप्तान खड्कासहित बसन्त रेग्मी, सन्दीप लामिछाने, अविनाश बोहरा, शदर भेषवाकर, भिम सार्की, बिक्रम सोब, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, यानेन्द्र मल्ल, करण केसी र ललित भण्डारी रहेका छन् ।
त्यस्तै अन्य खेलाडीहरुमा ललित नारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी रहेका छन् । नेपालले माघ ११ देखि २० गतेसम्म युएईसँग पहिलो एकदिवसीय सिरिज खेल्नेछ । त्यसलगतै टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया