‘धोकेबाज हौ तिमी’ गीतबारे गायक शिव परियारले दिए स्पष्टीकरण

लोकपथ
70
Shares

काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेको ‘धोकेबाज हौ तिमी..’ गीतबारे गायक शिव परिवारले स्पष्टीकरण दिएका छन् ।
केही समयदेखि उक्त गीत पहिले कसले गाएको भन्ने विवाद उत्पन्न भएपछि परियारले सामाजिक सञ्जालमा लेख्दै त्यसबारे स्पष्टीकरण दिएका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उक्त यस गीतका ‘आधिकारिक स्रष्टा÷सङ्गीतकार सुबास कार्की कार्की रहेको र यस गीतका निर्माता रमाकान्त न्यौपाने रहेको बताए । साथै उक्त गीत आधिकारिक रुपमा मेल, फिमेल र चाईल्ड तीन ओटा भर्सनमा बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गरेको बताए ।

‘धोकेबाज हौ तिमि गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउँ प्रहार पूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक बिचार– पहिला कस्ले गायेको ? पछि कस्ले गायेको ? भन्ने बनि बनाउँ कन्ट्रोभर्सि खबरबाट मेरा सबैजना प्रीय शुभचिन्तकहरु कृपया सावधान र सतर्क रहिदिन बिनम्र अनुरोध गर्दछु ्र ’धोकेबाज हौ तिमि’ गीत यस गीतका ’आधिकारिक स्रष्टा÷सङ्गीतकार सुबास कार्की कार्की जी तथा यस गीतका निर्माता रमाकान्त न्यौपानेले आधिकारिक रुपमा मेल ,फिमेल र चाईल्ड तिन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ्ग र प्रकाशन गर्नु भएको छ ।’ उनले भनेका छन् ।

त्यसैगरी स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरुको होईन भन्ने अभिव्यक्ति कतै नभएको समेत उनले बताए । साथै आफूहरुले चोरी चकारी वा कभर गरेर नगाएको समेत स्पष्ट पारेका छन् । तीनै भर्सनमा गीत गाएका गायक गायीका नै यसको आधिकारिक गायक गायिका भएको समेत बताए ।

यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरुको होईन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होईन छैन । र चोरि चकारि वा कभर गरेर हामि कसैले गाएको पनि हैनौं ।’ उनले भनेका छन्, ‘यस गीतलाई मेल ’ फिमेल ’चाईल्ड यि तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउँने गायक गायिका नै यस गीतका आधिकारिक र ओर्जिनल गायक गायिका हुन् ।’

साथै उक्त गीतबारे कुनै पनि विवाद निकाल्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?