चन्द्र भण्डारीको उपचारको लागि सरकारले दियो ५५ लाख (आर्थिक सहायताको पूर्ण विवरणसहित)

लोकपथ
147
Shares

काठमाडौं । सरकारले नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीको उपचारको लागि ५५ लाख ८८ हजार १ सय ६४ रुपैयाँ उपलब्ध गराउने भएको छ ।

भण्डारी गत फागुन ८ गते ग्यास लिक भइ घाइते भएका थिए । उनलाई एयर एम्बुलेन्समार्फत भारत लगि भारतको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ ।

फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थमन्त्रालयले सो रकम निकाशा गरेको हो ।

त्यस्तै सरकारले गत फागुन महिनामा मात्रै विभिन्न व्यक्तिहरुलाई ६४ लाख ८८ हजार रुपैयाँ आर्थिक सहायता दिएको अर्थद्वारा जारी विवरणमा देखिएको छ ।

जसमा भाषा आयोगका ५ जना कर्मचारीलाई तलबबापत ३९ लाख ८ हजार रुपैयाँ दिइएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत विघटन भइसकेको नेपाल यातायात संस्थानको अवकाश पाएका एक सय १० जना कर्मचारीलाई ७१ लाख २ हजार रुपैयाँ र डिभिजन सडक कार्यालय काठमाडौँका तत्कालीन इन्जिनियर नरनाथ पौडेलको सुविधाका लागि २२ लाख ८६ हजार भुक्तान गर्न अर्थले बजेट निकाशा भएको अर्थको विवरणमा देखाइएको छ ।

पूर्ण विवरण हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?