काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भुटानसँग भिड्दै छ ।ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने दुई टोली बीचको खेल नेपाली समय अनुसार साँझ ७ बजे शुरु हुनेछ ।
नेपाल आज भुटानलाई हराउँदै पहिलो जित निकाल्न चाहन्छ । किन भने पहिलो खेलमा नेपालले भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।
भुटान पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा भुटानलाई बंगलादेशले ८-१ गोल अन्तरले हराएको थियो ।प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया