नयाँ कानुन : सामाजिक सञ्जालमा बालबालिकाको तस्बिर शेयर गरे जरिवाना हुने 

लोकपथ
70
Shares
काठमाडौं । सामान्यतया मानिसहरुले आफ्ना परिवार र बालबालिकाको तस्बिर सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् ।  तर अब सामाजिक सञ्जालमा तस्बिर शेयर गर्नका लागि नयाँ कानुन बनेको छ ।
फ्रान्समा एउटा नयाँ विधेयक पारित भएको छ । यसले फ्रान्सेली अभिभावकहरूलाई आफ्ना बच्चाहरूको तस्बिरहरू सोशल मिडियामा शेयर गर्न प्रतिबन्ध लगाउनेछ।
यस विधेयकको प्रतिनिधित्व सांसद ब्रुनो स्टुडरले गरेका थिए र यसको उद्देश्य अभिभावकहरूलाई सशक्त बनाउने र युवाहरूलाई उनीहरूको छविहरूमा पूर्ण नियन्त्रण गर्नु हो ।
नयाँ विधेयक राष्ट्रिय सभाले पारित गरेको छ । नयाँ विधेयकअनुसार अभिभावकले बालबालिकाको तस्बिर अनलाइन वा कुनै पनि सामाजिक सञ्जालमा शेयर गरेमा आफ्ना बालबालिकाको छवि अधिकारका लागि आमा र बाबु दुवै संयुक्त रूपमा जिम्मेवार हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?