काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले फराकिलो जित हात पारेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा बुधबार नेपालले भुटानलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि वर्षा ओली र सेनु परियारले २-२ गोल र दिपा रोकायाले एक गोल गरिन् । नेपालको यो पहिलो जित हो । जितसँगै नेपालले २ खेलमा ३ अंक जोडेको छ ।सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।
भुटानको यो लगातार दोस्रो हार हो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ । अब नेपालले तेस्रो खेलमा आइतबार रुससँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया