गण्डकी प्रदेशबाट ११ खेलाडी छनोट

पोखरा । वीर गणेशमान सिंह राष्ट्रिय खुला बक्सिङ प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ ।

गण्डकीबाट ८ पुरुष र ३ महिला गरी ११ खेलाडी छनोट भएको मूल आयोजक समितिका संयोजक राजीव श्रेष्ठले जनाएका छन् ।

पोखरामा भएको छनोट प्रतियोगिताको पुरुष ४९ केजीमा नवलपुरका सुरज गुरुङ, ७५ केजीमा बागलुङका अनिल थापा, ८१ केजीमा कास्कीका सुसन पुन, ५२ केजीमा बागलुङका केशरबहादुर नेपाली, ५६ केजीमा बागलुङका दुदबहादुर परियार, ६० केजीमा कास्कीका जेनिश गुरुङ, ६९ केजीमा नवलपुरका सविन गुरुङ र ६४ केजीमा कास्कीका पवन गुरुङ छनोट भए ।

त्यस्तै महिलाको ४८ केजीमा आकृति गुरुङ, ५१ केजीमा मिना घले र ६० केजीमा सिसम थापा मगर छानिए । तीनै खेलाडी कास्कीका हुन् ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष शैलेश कर्माचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने छनोटमा ४ जिल्ला कास्की, बागलुङ, तनहुँ र नवलपुरका २५ खेलाडी सहभागी थिए । राष्ट्रिय प्रतियोगिता गणेशमान सिंह फाउन्डेनको आयोजनामा माघ २२ गतेदेखि काठमाडौंमा हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?