एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका पूर्व मिडफिल्डर सामिर नास्री वेस्ट ह्याम युनाइटेडमा आवद्ध भएका छन् ।
फ्रान्सेली मिडफिल्डर नास्रीलाई १८ महिनाको डोपिङ प्रतिबन्धबाट फुकुवा भएपछि वेस्टह्यामले अनुबन्ध गरेको हो । आर्सनल र सिटीका पूर्व मिडफिल्डर नास्सी गत वर्षको जनवरी ३१ तारिखदेखि क्लबबिहीन बनेका थिए । उनले टर्किस क्लब एन्टाल्यास्पोर छाडेका थिए ।
नयाँ वर्षको शुरुवातसँगै अव नास्री वेस्टह्यामको जर्सीमा मैदानमा देखिने छन् । ६ वर्षसम्म रहँदा उनको योगदानमा म्यान्चेस्टर सिटीले दुई पटक प्रिमियर लिग र लिग कपको उपाधि जितेको थियो ।
उनले भने, ‘पुनः इंग्लिस प्रिमियर लिगमा फर्कन पाउँदा खुशी लागेको छ, साथै मैदानमा उत्रन पनि क्किै उत्साहित छु ।’
उनले प्रिमियर लिगमा कुल २ सय १५ खेल खेलेका थिए । जसमा आर्सनलबाट ८६ खेल खेलेका छन् भने सिटीबाट १ सय २४ खेल खेलेका थिए । सन् २००८ देखि २०११ सम्म आर्सनलमा आवद्ध भएका नास्री २५ मिलियन पाउण्डमा सिटीमा आवद्ध भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया