काठमाडौं । ‘पशुपति प्रसाद २ः भष्मे डन’ को छायांकन शुरू भएको छ।
दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको उक्त चलचित्र आजबाट पशुपतिनाथ मन्दिर परिसरबाट छायांकन शुरू गरिएको हो।
पशुपति प्रसादमा भष्मे डनको रुपमा अभियन गरेका विपिन कार्कीलाई भष्मे डनको लुक्समा देख्न सकिन्छ।
फिल्ममा विपिनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहनेछ। फिल्मको कथा खगेन्द्र लामिछानेले तयार पारेका हुन्।
टुकी आर्टस् ब्यानरमा निर्माण हुने फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहनेछ। यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ।
२०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को स्पिन(अफको शीर्ष भूमिकामा विपिन कार्की छन्। ‘पशुपति प्रसाद’ मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया