काठमाडौं । नेपालले आज आइतबार रसियाको सामना गर्दैछ । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले रसियासँग खेल्न लागेको हो ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा हुने नेपाल र रसियाबीचको खेल राति ७ बजे शुरु हुनेछ । नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ । नेपाल २ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई ५-० ले हराएको थियो ।
रसिया लगातार तेस्रो जितको खोजीमा हुनेछ । रुसले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया