जब भूकम्प जाँदा पनि प्रस्तोताले पढिरहे समाचार (भिडियोसहित)

लोकपथ
105
Shares

काठमाडौं । भारत-पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा गत मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको थियो । भारतीय राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको फैजाबाद थियो जुन जमिनबाट १५६ किलोमिटर गहिराइमा थियो।

भूकम्पको तीव्रता ६.६ रिक्टर स्केल मापन गरिएको थियो । यस भूकम्पमा पाकिस्तान र अफगानिस्तानमा धेरैको ज्यान गएको छ भने सयौं घाइते भएका थिए ।

यसैबीच पाकिस्तानमा पनि भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको थियो । उक्त भूकम्प गएको समयमा एक पाकिस्तानको पेशावरस्थित एउटा न्यूज च्यानलका एङ्कर समाचार पढि रहेका थिए ।

३१ सेकेण्डको यो भिडियोमा भूकम्पको धक्का देख्न सकिन्छ । भिडियोमा भूकम्प आउँदा स्टुडियो डरलाग्दो गरी हल्लिरहेको देख्न सकिन्छ ।

सबैभन्दा अचम्मको कुरा के छ भने भूकम्पको समयमा एङ्कर नआत्तिई समाचार पढिरहेका देखिन्छन् । भूकम्पका कारण टेबुल, ल्यापटप र उनी आफै पनि हल्लिएको देख्न सकिन्छ तर उनले समाचार पढिरहे ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?