विराट गोल्डकप फुटबलमा लुका सकर क्लब सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । विराटनगरको शहीद रंगशालामा आइतबार भएको खेलमा निर्धारित र अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो ।
त्यसपछि पेनाल्टीमा पनि दुवै टिमले ५–५ गोलको बराबरी भएपछि खेलको नतिजा सडनडेथबाट निकाल्दा संकटामाथि लुका सकरले ८–७ गोल अन्तरको जित दर्ता गर्न सफल भयो । पहिलो पटक नेपाल खेल्न आएको केरलाको लुकाले अब फाइनल प्रवेशका लागि गत संस्करणको उपाधि विजेता एपीएफसँग खेल्ने छ । खेलमा संकटाका अनिस महर्जनको प्रहारलाई लुकाका गोलकिपर मोहम्मद सनफिरले विफल पारेका थिए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
.उनको प्रहार विफल भएसपछि लुकाका खेलाडीहरु मैदानमा सेलिब्रेसन गर्न पुगेका थिए । निर्धारित समयमा दुवै टिमले पाएका मौकाहरु सदूपयोग गर्न नसक्दा निर्धारितसमय गोलरहित बराबरीमा पुगेको थियो ।
प्रतियोगिताको विजेताले विजेताले २० लाख १५ हजार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ ।
यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया