एजेन्सी । टोट्नह्याम जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ ।
मंगलवार राति सम्पन्न भएको २१ औँ चरणको खेलमा टोट्नह्यामले कार्डिफ सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो । खेल शुरु भएको तीन मिनेट पनि बित्न नपाउँदै टोट्नह्यामका लागि ह्यारी केनले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै १२ औँ मिनेटमा क्रिस्टियन एरिकसनले गोल गर्दै खेललाई २-० को अग्रता दिलाए । कार्डिफलाई दवावमा राख्दै टोट्नह्यामले खेलको २६ औँ मिनेटमा सन ह्युङ मिनले गोल गरे । एक पक्षिय रहेको खेलको पहिलो हाफसम्म ३-० गोल अन्तरले अगाडि रहेको टोट्नह्यामले दोस्रो हाफमा भने गोल गनए सकेन ।
निर्धारित समयसम्म कार्डिफ सिटीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग नसक्दा हार बेहो-र्यो । जितपछि टोट्नह्यामले ४८ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा टोट्नह्याम ६ अंकले पछाडि रहेको छ ।
त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा आर्सनलले फुलह्याममाथि ४-१ गोलको सहज जीत निकालेको छ ।
आर्सनलको जीतमा ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले समान एक-एक गोल गरे । यता फुलह्यामका लागि भने अबुबाकर कामराले एक मात्र गोल फर्काए ।
जीतपछि आर्सनल ४१ अंकका साथ लिगको पाँचौ स्थानमा छ । यता मंगलवार नै भएको खेलमा लिचेस्टरले इभर्टनलाई १-० गोल अन्तरले पराजित ग¥यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया