इजरायल । इजरायलको मध्य वामपन्थी प्रतिपक्षी गठबन्धनमा निर्वाचनको सङ्घारमा नाटकीय रूपमा विभाजन भएकोे छ ।
मङ्गलबार गठबन्धनमा प्रभावशाली नेता मानिने अवि गावेयले आफ्नो समूहले आगामी अप्रिल ९ मा हुन लागेको आम निर्वाचनमा इजरायली विपक्षी दलका चर्चित नेता सेपी लेभ्नीसँगको सहकार्यलाई अगाडी बढाउन नसकिने बताए।
घोषणासँगै जियानिष्ट (यहुदी) यूनियन गठबन्धनको अन्त्य भएको छ । यूनियन गठबन्धन सन् २०१५ मा सम्पन्न निर्वाचनमा दोस्रो शक्ति बन्न सफल भएको थियो ।
गावेयको लेबर पार्टी र लेभ्नीको हुत्नुआहको गठबन्धन प्रतिपक्षी जिओनिष्ट यूनियन रहँदै आएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दल लिकुडले १२४ सदस्य रहेको संसदमा ३० सीट जितेको थियो भने विपक्षी गठबन्धनले २४ सीटसहित दोस्रो दल बन्न सफल भएको थियो ।
सन् २०१७ मा गावेयले लेबर पार्टीको नेतृत्व सम्हालेपछि उसको लिभ्नीसँगको सम्बन्धमा असहजता उत्पन्न भएको थियो ।
“म अझैपनि सहकार्य, असल सम्बन्ध र एकताप्रति प्रतिवद्ध छु तर यसका लागि गठबन्धनमा रहेका नेताहरूबीच मित्रवत सम्बन्ध रहन आवश्यक रहेको छ,” गावेयले यूनियनका संसद सदस्यसँगको छलफलका क्रममा बताए।
गावेयपछि सम्बोधन गर्न पुगेका लिभ्नीले भने, “गावेयको आफ्नो भनाई अनुसार अघि बढ्नेमा मलाई विश्वास टुटेको छ । यसको प्रतिक्रिया आउँदासम्म धैर्य नगुमाउने निर्णय मेरो रहनेछ ।”
शनिवार दुई नरमपन्थी पक्षधर मन्त्रीहरू नाफ्तली वेनेट र आयलेट साकेदले आफुहरूले यहुदीको मातृ दललाई त्यागेको घोषणा गरेका थिए । उनीहरूले गठबन्धनले धार्मिक तथा धर्मनिरपेक्ष समूहको मत आकर्षण गर्ने दोहोरो नीति अवलम्बन गरेको दावीसहित सरकारी गठबन्धनबाट अलग्गिने घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया