एजेन्सी । सन् २०१८ मा सन् २०१७ लाई तुलनात्मक रुपमा हेर्दा हवाई दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ, यद्यपी २०१८ नौऔं हवाई सुरक्षित वर्षको रुपमा रहेको छ ।
विमान सुरक्षा सञ्जालको रिपोटका अनुसार गत वर्ष हवाई दुर्घटनामा ५ सय ५६ जनाको मृत्यु भएको थियो ।
गत वर्षको सबैभन्दा भयानक नागरिक दुर्घटना अक्टोबरमा भएको थियो । इन्डोनेशियामा लायोन एयर विमान दुर्घटनाग्रस्त भयो । त्यस दुर्घटनाबाट १ सय ८९ जनाको मृत्यु भएको थियो ।
तर, सन् २०१७ इतिहासमै सबै भन्दा सुरक्षित वर्ष रहेको थियो कुनै पनि यात्रु भएको विमानहरु दुर्घटनामा परेका थिएनन् ।
जुलाईमा क्युबामा विमान दुर्घटनाको दोषी यात्रुहरुलाई मानिएको थियो । उक्त विमान दुर्घटनामा एक सय १२ जनाको मृत्यु भएको थियो । फेव्रुरी महिनामा इरानको हिमाली क्षेत्रमा विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको थियो ।
त्यस्तै युएस–बंगला विमान सेवा फ्लाइट २११ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । विमान दुर्घटना हुँदा ७१ जना यात्रुहरु मध्य विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते अन्य २० जना घाइते भएका थिए ।
यद्यपी, विगतको २० वर्षको मृत्युदरमा सामान्यतया सुधार भएको छ ।
यदि दुर्घटना दर १० वर्ष पहिले कै जस्तै हुने थियो भने गत वर्ष ३९ घातक दुर्घटना हुन सक्ने एएसएनले अनुमान गरेको छ ।
सन् २००० मा ६४ वटा भयानक हवाई दुर्घटनाहरु भएका थिए । यसले गत दुई दशकमा सुरक्षाको सन्दर्भमा ठूलो प्रगति भएको देखाउँछ । तर, विमान सुरक्षा सञ्जालका अनुसार विगतको पाँच वर्षमा २५ मध्य १० वटा डर लाग्दो दुर्घटनाहरु भएका छन् ।
विमानको प्रविधिक समस्या, यात्रुहरुको क्रियाकलाप र प्रकृतिक अवरोधका कारण धेरै विमान दुर्घटना हुने गरेको छ र यस्ता दुर्घटनाहरुमा बच्चे सम्भावना निकै न्यून हुने गरेको विमान सुरक्षा सञ्जालको भनाई छ ।
यसैगरी नेपालको ६९ वर्षको हवाई इतिहासमा ८५ वटा विमान दुर्घटनामा परेका छन् । युएस बंगला बिमान दुर्घटना गरि अन्तर्राष्ट्रिय विमानको संख्या ८ पुगेको छ ।
त्रिभुवन विमानस्थलमा मानवीय क्षति हुने गरी भएको युएस विमान दुर्घटना पहिलो दुर्घटना हो । नेपालमा अन्तर्राष्ट्रिय विमान दुर्घटना पर्दा अहिलेसम्म ३ सय ५९ जनाको ज्यान गएको छ । युएस बंगला विमान दुर्घटना पर्नुअघि ३ सय ११ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा भएका हवाई दुर्घटनामा अहिलेसम्म झण्डै ८ सयले ज्यान गुमाएका छन्। आन्तरिक उडानका जहाज दुर्घटनामा परी भने ३ सयभन्दा बढीको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया