घट्यो सुनको मूल्य

काठमाडौं । बुधवार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलमा रु ५९ हजार ७ सयमा कारोबार भएको सुनको भाउ बुधवार रु १ सय घटेर प्रतितोला ५९ हजार ६ सयमा कारोबार भइरहेको हो । 

यस्तै बुधवार तेजावी सुन तोलमा रु ५९ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोलमा रु ७ सय ४५ मा कारोबार भइरहेको छ । यसअघि मंगलवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?