काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गतको दोस्रो खेलमा नेपालले आज मंगलबार भुटानको सामना गर्दैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ ६ बजे शुरु हुनेछ ।
नेपाल आज भुटानलाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । भुटान पनि नेपाललाई हराउँदै फाइनल पुग्न चाहन्छ । पहिलो खेल भुटानलाई लाओसले २-१ ले हराएको थियो ।
फाइनल पुग्न नेपाललाई बराबरी भएपनि पुग्ने
तीन राष्ट्र सहभागिता प्रतियोगितामा नेपाललाई फाइनल पुग्न आज भुटानसँग बराबरी खेले पनि हुनेछ तर भुटानलाई भने फाइनल पुग्न जित्नैपर्ने दबाब रहेको छ ।
नेपाल र भुटानको हेड टु हेड
हालसम्म नेपाल र भुटान १२ पटक आमने सामने भएका छन् । भएका कूल १२ खेलमा नै नेपालले भुटानलाई हराएको छ । भुटानले आजसम्म नेपाललाई हराउन सकेको छैन । नेपाल र भुटानबीच पछिल्लो भेट २०१८ सेप्टेम्बर ६ मा भएको थियो । ढाकामा भएको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया