प्रदेश सरकारलाई कांग्रेसले भन्यो, हिउँदे अधिवेशन बोलाउ

विराटनगर । नेपाली कांग्रेसले तत्काल हिउँदे अधिवेशन बोलाउन प्रदेश १ सरकारलाई आग्रह गरेको छ । 

बर्खे अधिवेशन अन्त्य भएको ३ महिना बितिसक्दा पनि प्रदेश सरकारले हिउँदे अधिवेशन बोलाउन आलटाल गरिरहेको आरोप कांग्रेसको छ । 

कांग्रेस संसदीय दलका सचेतक सूर्यराज राईले प्रदेश नामाकरण र राजधानीको विषयमा ठोस प्रस्ताव तयार गर्न नसक्दा संसद अधिवेशन आह्वानमा बिलम्ब भएको आरोप लगाए ।

उता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रवक्ता हिक्मत कार्कीले माघमा अधिवेशन बोलाउने तयारी भइरहेको बताए । 

हिउँदे अधिवेशन शुरु नहुँदा अहिले प्रदेश सांसद घाम तापेर समय बिताउने बगरेका छन् । 

बर्खे अधिवेशन सम्पन्न हुनुअघि आयोजित सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिर पहिलो सातानै हिउँदे अधिवेशन बोलाउने निर्णय गरेका थिए । 

तर, मुख्यमन्त्री राईले यो भाका सार्दै पुसको पहिलो साता तेस्रो अधिवेशन आह्वान गर्ने प्रतिवद्धता जनाएका थिए । यद्यपि अधिवेशन कहिलेबाट शुरु हुन्छ भन्ने तय भएको छैन । 

प्रदेश १ संसदसँग प्रदेश नामाकरण, राजधानी र संसदीय समितिलाई पूर्णता दिनुपर्ने दायित्व छ । भने संसदीय समिति सञ्चालनका लागि आवश्यक दर्जन बढी कानून निर्माण पनि अलपत्र अवस्थामा छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?