चीनको चुनौती सामना गर्न अमेरिकाले बढायो रक्षा खर्च

लोकपथ
63
Shares

काठमाडौं । अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिनले चीनको चुनौतीलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०२४ को बजेटमा रक्षा खर्च बढाइएको बताएका छन् ।

अमेरिकाले आफ्नो बजेटमा रक्षा क्षेत्रमा खर्च गर्न ९.१ बिलियन डलर छुट्याएको छ । अमेरिकी रक्षामन्त्रीले चीनको चुनौतीसँग लड्नुका साथै हिन्द प्रशान्त महासागर क्षेत्रमा सैन्य शक्ति बढाउने र अमेरिकाका सहयोगीहरूसँग थप युद्धाभ्यास गर्नेतर्फ पनि ध्यान केन्द्रित हुने बताएका छन् ।

यो क्षेत्रको सुरक्षाका लागि यो अहिलेसम्मकै ठूलो बजेट हो । रक्षामन्त्रीले यस बजेटका तीनवटा प्राथमिकतामा राष्ट्रिय सुरक्षा, सैनिक र तिनका परिवारको हेरचाह र साझेदार मुलुकसँगको सहकार्यमा जोड रहेको बताएका छन् ।

इन्डो–प्यासिफिक क्षेत्रमा चुनौती बढ्दै गएको छ । यही कारणले गर्दा अमेरिकाले यस क्षेत्रमा रहेका देशहरूसँग निरन्तर सहयोग बढाइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?