कार्टुन क्रुजको गीतमा जुनियर कार्टुन कलाकारको डानस (भिडियो)

काठमाडौं । कार्टुन क्रुजका नामले युट्युबमा परिचित डान्स ग्रुपले नयाँ गीत सार्वजनिक गरेको छ । कार्टुन क्रुजले युट्युबमार्फत ‘माया लै लै’ बोलको गीत सार्वजनिक गरेको हो ।

कमल खत्रीको संगीत र शब्द रहेको उक्त गीतमा आयुफ लुइँटेलको स्वर छ ।

कार्टुन क्रुज डान्स ग्रुपले निर्माण गरेको यो गीतको भिडियोमा कार्टुन क्रुज जुनियरका टिमले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?